१५ वर्षदेखि शरीरमा बमका छर्रा, रुदै बसेकी छन् अनुपा


 


कामाठाडौं, चैत १३
माओबादीले थालनी गरेको १० वर्षे द्वन्द्वकालमा माओवादी लडाकु भएर लडेकी ३१ बर्षीया अनुपा राईका अहिले पनि शरीरमा बमका छर्रा छन् । अहिले उनी रोगिएर बसेकी छिन् ।

टाउको र छातीमा लागेको बमको छर्रा अनुपाले उपचार गराएर निकाल्न सकेको छैनन् । अन्नपूर्णमा खबर छ ।

न उनको पार्टीले उपचारमा सहयोग गर्यो उनीसँगै सशस्त्र द्धन्द्धमा हिँडेकाहरु पटक पटक सत्तामा पुगिसकेका छन्, तर, अनुपताको शरीरमा लागेको बमको छर्रा निकालिदिन कसैको ध्यान पुगेको छैन ।

पार्टीले नै उपचारमा चासो नदिएपछि १५ बर्षयता शरीरमै बमको छर्रा बोक्न् उनी बाध्य छिन् । बमको चर्राकै कारण उनी रोगले थलिन थालेकी छिन् ।

दुस्मनसँगको भिड्दाका साथीहरु सत्ताको स्वाद चाखिरहेका छन्, उनले लडाईके स्मरण गर्दै भनिन् म टाउको र छातीमा बमको छर्रा बोकेरा गाउँमा छट्पटाईरहेकी छु ।

ओखलढुंगाको कुईभीरमा जन्मिएकी अनुपा १६ बर्षको उमेरमै माओवादी लडाकु बनेकी थिईन्, २०५८ सालमा ९ कक्षामा पढाई सुरु रेका बेला उनले माओवादीको जनमुक्ति सेनामा भर्ती भएर बन्दुक समाएको थिईन् ।

प्रकाशित मिति: १३ चैत्र २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्