चिट चोर्न नपाएपछि हंगामा, प्रहरीमाथि ढुंगामुढा


 


मुगु, चैत १४
एसईई परीक्षामा चिट चोर्न नपाएको भन्दै सोमबार मुगुको प्रभात मावि रोवा केन्द्रमा विद्यार्थी र स्थानीय केही व्यक्तिले हंगामा मच्चाएका छन् ।

उनीहरुले परीक्षाको सुरक्षार्थ खटिएका प्रहरीमाथि नै आक्रमण गरेका छन् । राति ८ बजे सुतिरहेका बेला परीक्षा सुरक्षामा खटिएका प्रहरीमाथि स्थानीयले आक्रमण गरेका हुन् । अन्नपूर्णमा खबर छ ।

परीक्षा समयभर शान्तिपूर्ण तरिकाले सञ्चालन भएको भए पनि प्रहरीले चिट चोर्न नदिएको भन्दै परीक्षा केन्द्रको हाताभित्र उत्तरपुस्तिका र प्रशासन सुरक्षाका लागि बसेका प्रहरीमाथि साँझ ८ बजे केही परीक्षार्थी र स्थानीयले प्रहरी पोस्टमाथि ढुगामुडा गरेका थिए ।

प्रहरीमाथि हानेको ढुंगा लागेर प्रहरी हवल्दार अर्जुनकुमार डाँगी घाइते भएका छन् । उनको जिल्ला अस्पतालमा उपचार गरी जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

प्रकाशित मिति: १४ चैत्र २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्