कर्णाली प्रदेशलाई थोत्रा गाडी, प्रदेश मन्त्री हैरान


 



सुर्खेत, चैत्र १५

कर्णाली प्रदेशमा केन्द्र सरकारले थोत्रा गाडी पठाएपछि यहाँका मन्त्रीहरु हैरान भएका छन् ।

केन्द्रले पठाएका गाडीहरु मर्मत गर्दै, चढ्दै गरेर कर्णाली प्रदेशका मन्त्रीहरु हैरान भएका हुन् । प्रधानमन्त्री कार्यालयबाट बा १ झ ९१८८ नम्वरको स्कार्पियो गाडी दिइएको छ ।

उपलव्ध गराएको गाडीको अवस्था हेर्दा मर्मत नगरी चढ्न नै समस्या छ । ९८ हजार किलोमिटर गुडेको, बढी मर्मत गर्नुपर्ने, टर्बोमा समस्या भएको, एसी नभएको, अगाडिको सीसा फुटेको, ब्याक लाइट नभएका गाडीहरु केन्द्र सरकारले कर्णाली प्रदेशलाई पठाउँदा समस्या मात्र भएको हो ।

केन्द्र सरकारले कर्णाली प्रदेशका लागि ११ वटा गाडी उपलव्ध गराएको छ । केन्द्रबाट आएका अधिकांश गाडीको अवस्था हेर्दा समस्यै समस्याले गाँजिएको मात्र छ । दुईवटा गाडी पनि चल्ने अवस्थामा नरहेको बताइन्छ ।

केन्द्रबाट आएको बा १ झ ९१८८ नम्वरको स्कार्पियो र बा १ झ ३८६९ नम्वरको ल्याण्डक्रुजर प्रयोग नै गर्न नमिल्ने अवस्थामा रहेको छ ।

स्कार्पियो प्रधानमन्त्री कार्यालय र ल्यान्डक्रुजर गाडी शिक्षा बिभागबाट पठाएको बा १ झ ३८६९ नम्बरको अर्को गाडी चलाउने अवस्थामा नरहेको पाईएको छ । गाडीको किसिम शीर्षकमा लेखिएको छ, चालु अवस्थामा नरहेको, मर्मत गर्नुपर्ने । रासस

प्रकाशित मिति: १५ चैत्र २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्