उपत्यकाका यी ठाउँमा आज दिनभर लोडसेडिङ


 


काठमाडौं, चैत १५
राजधानीका केही ठाउँमा आज दिनभर लोडसेडिङ हुने भएको छ । मेलम्ची खानेपानी आयोजनाको पाइप बिच्छाउने कार्य हुन लागेपछि आज विद्युत प्राधिकरणले विद्युत्त आपूर्ति बन्द गरेको हो ।

नयाँ बसपार्क, मित्रनगर, पवित्रनगर, दीपज्योति स्कुल क्षेत्रमा विद्युत्त आपूर्ति बन्द छ । आज १० बजेदेखि सुरु भएको लोडसेडिङ बेलुका पाँच बजेसम्म हुने प्राधिरणले जनाएको छ ।

मेलम्ची खानेपानी आयोजनाले पाइप बिच्छ्याउने कार्य गरिरहका बेला प्राधिकरणले विद्युत आपूर्ति बन्द गर्दै आएको छ ।

प्रकाशित मिति: १५ चैत्र २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्