पश्चिमबाट देश दर्शन अभियान, नेपाल–भारतका २० शहरमा प्रस्तुती हुने (तस्बीरसहित)


 


धनगढी, चैत १५
सुदूरपश्चिमको मौलिक संस्कृतिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतसम्म पर्याउने उद्देश्यले आजदेखि धनगढीबाट साहित्यिक–सांस्कृतिक देश दर्शन अभियान सुरु भएको छ ।

अभियानको एक कार्यक्रमकाबीच प्रदेश नम्बर ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गरे । बैशाख १ गतेसम्म चल्ने अभियान अन्तर्गत नेपालका १० र भारतका १० वटा सहरमा विभिन्न कार्यक्रमको आयोजना गरिने समाजका अध्यक्ष रामलाल जोशीले जानकारी दिए ।

उनकाअनुसार नेपालका विभिन्न सहर हुँदै भारतको दार्जिलिङ, आसाम, सिक्किम लगायतका स्थानमा पनि कार्यक्रमको आयोजना गरिनेछ ।

सुदूरपश्चिमको मौलिक संस्कृतिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतसम्म पुर्याउनका लागि अभियान थालिएको अभियानका संयोजक यज्ञराज उपाध्यायले बताए। उनले यसमा सुदूरपश्चिमका विभिन्न ८ किसिमका सांस्कृतिक तथा साहित्यिक प्रस्तुति देखाइने बताए ।

जसमा हुड्केली, गौरा, छलिया, भुवो, सखिया नृत्य, होली नृत्य, देउडा र राईझुमा गीतलगायत छन् । अभियान धनगढीमा बैशाख एक १ गते भव्य समारोहका बीच सम्पन्न गरिनेछ ।

प्रकाशित मिति: १५ चैत्र २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्