खुल्यो उत्तर कोरियाली शासक किम जोङ चीन जानुको अर्थ


 


काठमाडौ, चैत १६
उत्तर कोरियाली शासक किम जोङ उन अचानक चीन भ्रमणमा जानु र त्यहाँका राष्ट्रपति सी जिनपिङसित भेटघाट गर्नु संसारलाई हैरान बनाउने विषय हो ।

उनको यस भ्रमणबाट उत्तर कोरियाको एक मात्र सहयोगी मित्र चीनसित उसको कति गहिरो सम्बन्ध छ भन्ने प्रस्ट हुन्छ । उत्तर कोरियाको अमेरिका र दक्षिण कोरियाका साथ प्रस्तावित शिखर सम्मेलनअघि सम्पन्न यस घेटघाटलाई निकै अर्थपूर्ण मानिँदै छ । मानिसहरूको ध्यान यस भेटवार्तापछि किमको अघिल्लो कदम के हुनेछ र विश्व राजनीतिमा यसको के असर हुनेछ भन्नेमा केन्द्रित छ ।

दक्षिण कोरियास्थित बिबिसी संवाददाता लाउरा बिकरका अनुसार किम जोङ उन सही समयमा चीनसितको आफ्नो सम्बन्ध सुधार गरिरहेका छन् ।

बिकर भन्छिन्– उत्तर कोरियामाथि लगाइएका अन्तर्राष्ट्रिय प्रतिबन्धमाथि सी जिनपिङको सहमतिपछि दुवै देशको सम्बन्धमा तिक्तता आएको थियो । उनी अगाडि भन्छिन्– पछिल्लो वर्ष उत्तर कोरियाले प्योङयाङ यात्रामा आइरहेका चिनियाँ दूतलाई फिर्ता पठाइदिएको थियो । यो सबका बाबजुद चीन उत्तर कोरियाको सबैभन्दा ठूलो व्यापारिक साझेदार बनिरह्यो र लामो समयसम्म उसको सहयोगी पनि ।

बिबिसी संवाददाता लाउरा थप अगाडि भन्छिन्– तपाईं विश्वतर्फ अघि बढिरहनुभएको छ भने त्यतिखेर तपाईंका साथमा कोही त हुनैपर्छ ।

उत्तर कोरियाका युवा नेता दक्षिण कोरियाका राष्ट्रपति मुन जे इन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसित भेटघाट गर्न गइरहेका छन् । यस्तोमा सी जिनपिङ आफूलाई तिरस्कृत महसुस गरिरहेका थिए ।

प्रकाशित मिति: १६ चैत्र २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्