विद्यार्थी संगठनहरुद्वारा अनिश्चितकालीन शैक्षिक हड्ताल घोषणा (विज्ञप्तिसहित)


 


काठमाडौं, चैत १६
शिक्षक सेवा आयोगले लिन लागेको अस्थायी शिक्षकहरुको परीक्षा स्थगित गर्नुपर्ने माग गर्दै प्रमुख तीन विद्यार्थी संगठनहरुले शैक्षिक हड्ताल घोषणा गरेका छन् ।

अनेरास्ववियु, अखिल क्रान्तिकारी र नेबिसंघले भोलिदेखि (१७) गतेदेखि अनिश्चितकालसम्म शैक्षिक हड्ताल घोषणा गरेका हुन् ।

एसइई परीक्षा जारी रहेका बेला विद्यार्थी संगठनहरुले यहि चैत २३ गते हुने शिक्षकहरुको परीक्षा स्थगित हुनुपर्ने माग गरेका छन् । सरकारले आन्दोलनरत शिक्षक र विद्यार्थीहरुसँग वार्ता गर्न समिति बनाए पनि विद्यार्थी संगठन हड्तालमा उत्रेका छन् ।

शिक्षकको परीक्षाबाट हजारौं नयाँ जनशक्ति मारमा पर्ने भन्दै विद्यार्थीहरुले विरोध गर्दै आएका छन् । शिक्षा ऐनको आठौं संशोधनमा भने खुल्लातर्फ ५१ र आन्तरिकतर्फ ४९ प्रतिशत कोटा निर्धारण गरिएको थियो ।

तर तत्कालीन शिक्षामन्त्री गोपालमान श्रेष्ठको पालामा नवौं संशोधनमार्फत आन्तरिक प्रतिस्पर्धा ७५ प्रतिशत पुर्‍याइएपछि त्यसको चर्को आलोचना हुँदै आएको छ ।

अहिले सोही संशोधनमार्फत परीक्षा हुन थालेपछि विद्यार्थी संगठनहरुले परीक्षा स्थगित गरेर शिक्षा ऐनमा अविलम्ब १० औं संशोधन गर्नुपर्ने माग अगाडि सारेका छन् ।

यस्तो छ विज्ञतिः

 

प्रकाशित मिति: १६ चैत्र २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्