पार्टी एकता प्रक्रियाः बन्यो ४२ पृष्ठ लामो प्रतिवेदन, यस्ता छन् १३ शीर्षक


 


काठमाडौं, चैत १७
एमाले–माओवादी एकताको महत्वपूर्ण राजनीतिक दस्ताबेज ‘अन्तरिम राजनीतिक प्रतिवेदन’ तयार भएको छ ।

१३ शीर्षकमा विभाजित ४२ पृष्ठको प्रतिवेदनलाई अन्तरिम राजनीतिक प्रतिवेदन लेखन कार्यदलले बिहीबार राति अन्तिम रूप दिएको हो । नयाँ पत्रिकामा खबर छ ।

प्रतिवेदनलाई बिहीबारै अन्तिम रूप दिइएको छ । अब सामान्य भाषा मिलाउन मात्रै बाँकी छ । भाषा मिलाउने काम कार्यदल संयोजकले गरिसकेपछि पार्टी एकता संयोजन समितिको बैठकमा बुझाउने तयारी भएको छि ।

सामान्य भाषिक कमजोरी सच्याउनका लागि कार्यदल संयोजक एमाले नेता नेपालले माओवादी नेता नारायणकाजी श्रेष्ठ र एमाले नेता रघुजी पन्तको सहयोग लिनेछन् । भाषा मिलाउन शुक्रबार बिहान नेता नेपालसहित तीन नेता एमाले संसदीय दलको कार्यालयमा केहीबेर बसेका थिए ।

प्रतिवेदन १३ शीर्षकमा
एकीकृत पार्टीको अन्तरिम राजनीतिक प्रतिवेदन १३ शीर्षकमा बनाइएको छ । वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति, विश्व कम्युनिस्ट आन्दोलन, नेपाली क्रान्ति रणनीति र कार्यनीति, नेपाली पुँजीवादी जनवादी क्रान्तिः समाजवादउन्मुख समावेशी लोकतन्त्र शीर्षकमा प्रतिवेदन लेखिएको छ ।

त्यसैगरी राजनीतिक कार्यदिशा, रणनीति र कार्यनीति, विशिष्ट राजनीतिक कार्यदिशा स् मूल राजनीतिक कार्यनीति, तात्कालिक राजनीतिक परिस्थिति, राजनीतिक शक्तिहरूको विश्लेषण, नेपाली कम्युनिस्ट आन्दोलन र पार्टी एकीकरण, कम्युनिस्ट आन्दोलनका गौरवशाली ६८ वर्ष, पार्टी एकताको ऐतिहासिक आवश्यकता, पार्टी निर्माण र पार्टीको संगठनात्मक सिद्धान्त शीर्षकमा प्रतिवेदनका विषय समेटिएका छन् ।

कार्यदलले एकीकृत पार्टीको मुख्य कार्यदिशा पुँजीवादी जनवादी क्रान्तिको बाँकी कार्यभार पूरा गर्दै समाजवादको आधार निर्माणलाई अघि सारेको छ ।

प्रकाशित मिति: १७ चैत्र २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्