विराट गोल्ड कप आजदेखि हुँदै


 


विराटनगर, चैत १७
प्रदेश नं १ को अस्थायी राजधानी विराटनगरमा आजदेखि विराट गोल्ड कप शुरु हुँदैछ ।

आजदेखि २६ गते सम्म विराटनगरको शहीद मैदानमा हुने फुटबल प्रतियोगिताको प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गर्देहुनुहुन्छ । फुटबल अपरान्ह–बेलुकाको समयमा हुने भएको छ ।

मैदानलाई प्रकाशमय बनाउनको लागि ३५ लाख खर्चेर ३६ हजार वाट क्षमता बत्तीको व्यवस्था गरिएको आयोजंक समितिका संयोजक नवीन रिजालले जानकारी गराउनुभयो । ६ वटा खम्बामा लाइट जडान गरिएको र प्रत्येक खम्बामा २० वटा बत्तीको व्यवस्था गरिएको छ ।

विराट गोल्ड कपको पहिलो दिन आज मोरङ–११ र भुटानको थिम्पु क्लबबीच प्रतिस्पर्धा हुने संयोजक रिजालले बताउनुभयो ।

उक्त प्रतियोगितामा भारतको दुई, भुटानको एक र नेपालको सातवटा टोली गरी १० वटा टोलीको सहभागिता रहेको छ । भारतको सिक्किम युनाइटेड क्लब र मोहम्मद स्पोटिङ क्लब तथा भुटानको थिम्पु क्लब छन् ।

त्यस्तै नेपालका टिममा मनाङ–मस्याङ्दी क्लब, सशस्त्र प्रहरी बल, ‘थ्री’ स्टार, नेपाल पुलिस क्लब, नेपाल आर्मी, रमपम झापा– ११ र मोरङ– ११ छन् ।

प्रकाशित मिति: १७ चैत्र २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्