काठमाडौंका यी ठाउँमा फ्रि वाईफाई, यसरी हुनेछ स्वतः कनेक्ट


 


काठमाडौं, चैत १८
काठमाडौं महानगरपालिकाले विभिन्न सार्वजनिक स्थानमा फ्रि वार्इफार्इ जडान गर्ने तयारी गरेको छ ।

काठमाडौंका हनुमानढोका दरबार क्षेत्र, स्वयम्भु, पशुपतिनाथ क्षेत्र, बालाजु र शंखपार्कमा निःशुल्क वार्इफार्इ सेवा सुरु गर्ने तयारी गरिएको हो ।

त्यसका लागि महानगरपालिका र इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्ड लिंक कम्युनिकेशनसंग आइतबार सम्झौता भएको छ । सम्झौतापत्रमा काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्य र वर्ल्ड लिकंंका निर्देशक विजयकुमार जलानले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार दुई महिनाभित्र तोकिएका स्थानमा वार्इफार्इ जडान गरिनेछ । यो सेवा एक दिनमा ३० मिनेटसम्म लिन सकिने व्यवस्था गरिएको छ । जुन वार्इफार्इ अन गरेपछि स्वतः कनेक्ट हुनेछ ।

प्रकाशित मिति: १८ चैत्र २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्