धरान जेसीजद्धारा मिस एस ई.ई.हुने


 


सन्जु राई
धरान, चैत १८
अन्तराष्ट्रियस्तरमा परिचित युवाहरुको व्यक्तित्व र नेतृत्व बिकासमा सक्रिय संस्था जेसीआई ईन्टर नेश्नलसँग सम्बन्धन प्राप्त धरान जेसीजले यस वर्ष पनि एस ई.ई.परिक्षा दिएर खाली बसेको छात्राहरुको लागि टेष्टी टेष्टी मिस एस ई.ई.–२०१८ को आयोजना गर्ने भएको छ ।

२०७४ सालको एस ई.ई.परिक्षा दिएर बसेका छात्राहरुमा अन्तरनिहित प्रतिभालाई तालिमको माध्यमबाट अझ निखारेर, क्षमता अभिवृद्धि गर्दै उपयुक्त मन्च प्रदान गर्न साथै समाजमा एउटा विशिष्ट क्षमता भएको प्रतिभाको रुपमा परिचय गराउन पहल गराउने उदेश्यले सो प्रतियोगिताको पाचौ संस्करणको रुपमा यसपाली पनि धरान जेसीज भूतपूर्व क्लबको संयोजनमा प्रतियोगिता आयोजना गर्न लागेको शनिबार बराह किचेन धरानमा पत्रकार सम्मेलन मार्फत धरान जेसीजको निवर्तमान अध्यक्ष सन्दिप शाक्ले बताए ।

यहि चैत्र ३० गते पहिलो चरणको छनौट गरिने सो प्रतियोगितामा देश भरिका १४ देखि १९ वर्ष उमेरका पाँच फिट उचाई भएका अविवाहित छात्राहरुले भाग लिन पाउने धरान जेसीजका अध्यक्ष अतुल श्रेष्ठले बताए ।

यसैगरी पत्रकार सम्मेलनमा प्रतियोगिताको क्रिएटिभ डाईरेक्टर गौरब संज्यालले पहिलो चरणमा छनौट भएका प्रतियोगिहरुलाई आगामी २०७५ बैशाख ६ गतेबाट सुरु हुने तालिम मार्फत र्यामवक÷क्याटवक, उद्घोषणकला, प्रभावकारी भाषणकला, लाईफ स्किल, बेसिक मेकअप, डाईनिङ इटिकेट, बिपद व्यवस्थापन, प्राथमिक उपचार कोर्ष, सेल्फ डिफेन्स, उत्प्रेरणात्मक, महिला अधिकार, महिला स्वास्थ्य चेतना, कार्यक्रम व्यवस्थापन, सृजनात्मक लेखन, आर्थिक साक्षरता, नेतृत्वकला बिकास, सम्बन्ध व्यवस्थापन (समाज, मिडिया), होम एप्लाइन्स बारे सिकाईने बताए ।

क्रिएटिभ डाईरेक्टर संज्यालका अनुसार २० दिन सम्मको बन्द प्रशिक्षणमा प्रतियोगिहरुलाई फोटोसेसन गराउने, बराह एग्रीकल्चर फारम अवलोकन, पर्यटकिय स्थल, औधोगिक क्षेत्र, व्यवसायिक क्षेत्र, शैक्षिक प्रतिष्ठान भ्रमण गराउने, सामाजिक क्रियाकलापमा समेत सहभागि गराईने भएको छ ।

२०७५ बैशाख २९ गते सो प्रतियोगिताको फाईनल हुने प्रचार प्रसार संयोजक आशिषराज यादबले बताए ।

संयोजक यादबका अनुसार विजेताले टेष्टी टेष्टी मिस ई.ई. २०१८ को उपाधी, क्राउन, शील्ड, नगद रु.४० हजार, के.के.ईन्टरनेश्नल स्कुलमा पूर्ण छात्रवृत्ति, एक थान मोवाईल सेट, प्रमाण पत्र, क्वालिटीका प्रोडक्टहरुमा ब्राण्ड एम्बेसडरको रुपमा प्रर्बद्धन हुने अवसर पाउनेछन् ।

यसैगरी फष्ट रनरअपले क्राउन, शील्ड, नगद रु. ३५ हजार, सेकेन्ड रनरअपले क्राउन, शील्ड, नगद रु. ३० हजार पाउनेछन्, भने फाईनलमा टपटेन भित्र पर्न सफल छात्राहरुले के.के. ईन्टरनेश्नल स्कुलद्धारा ५० प्रतिशत छुटमा कक्षा ११ र १२ अध्ययन गर्ने छात्रवृत्ति पाउने छ ।

अन्य उपाधीहरुमा प्रतियोगिहरुलाई मिस ट्यालेन्ट, मिस व्युटिफुल, मिस फ्रेन्डसीप, मिस क्याटवक, मिस फोटोजेनिक, मिस डिसिप्लीन, मिस वेष्ट ड्रेसअप, मिस पर्सन्यालिटी, मिस पपुलर, मिस एक्टिभ घोषित गरिने भएको छ ।

प्रकाशित मिति: १८ चैत्र २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्