संकटा विराट गोल्डकपको क्वार्टरफाईनलमा प्रबेश


 


विराटनगर, १९ चैत । पाहुना टोली भारतको मोहम्मेदन स्पोर्टिङ क्लब कोलकातालाई हराउँदै संकटा क्लब काठमाडौं विराटनगरमा जारी विराट गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

आईतबार राती सम्पन्न खेलमा १–० गोल अन्तरले कोलकातालाई स्तब्ध पार्दै संकटाले विजयी सुरुवात गरेको हो । निर्धारित समय गोल रहित बराबरीमा सकिएको थियो । पहिलो हाफ बराबरी खेले पनि मध्यान्तरपछि रणनीति परिवर्तन गर्दै संकटा आक्रामक बनेपनि गोल गर्न सकेन । संकटाको कठिन जितमा अफ्रिकन खेलाडी जिब्रेल नायक बने ।

संघर्षपूर्ण खेलमा थप गरिएको अतिरिक्त समयको १३ औं मिनेटमा गोल गर्दै उनले संकटाको जित पक्का गरेका हुन् । लक्ष्मण रुचालको क्रस पासलाई जिब्रेलले पोष्टको दिशा दिंदा उसको भाग्य चम्किएको हो । खेलको म्यान अफ दी म्याच संकटाका कप्तान सरोज दाहाल घोषित भए । प्रतियोगिताको पहिलो क्वार्टरफाईनलमा सोमबार आयोजक रिजालको मोरङ–११ र रमपम झापा–११ बीच प्रतिष्पर्धा हुनेछ ।

प्रकाशित मिति: १९ चैत्र २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्