उर्लाबारीमा कर सम्बन्धी अन्तरक्रिया


 


उर्लाबारी (मोरङ), १९ चैत्र /  आन्तरिक राजश्व कार्यालय विराटनगर र उर्लाबारी उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा कर सम्बन्धी अन्तरक्रिया गरिएको छ ।

सोमबार उर्लाबारी उद्योग बाणिज्य संघको सभाहलमा भएको अन्तरक्रिया कार्यक्रममा ब्यापारी तथा उद्योगी, सहकारीकर्मी, बोर्डिङ सञ्चालक, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो । उर्लाबारी उद्योग बाणिज्य संघका अध्यक्ष चन्द्रबहादुर भट्टराई (भरत) को सभापतित्वमा भएको उक्त कार्यक्रममा आन्तरिक राजश्व कार्याल विराटनगरका कर प्रमुख दिलिपकुमार गौतमले देश विकासका नाममा सबै नागरिक लाग्न पर्ने जोड दिनुभयो । कर तिरे मात्र राज्य बलियो हुने र यसै करले नै देशको विकास हुने उहाँको भनाई छ ।

उहाँले व्यवसाय वा कुनै पनि आयआर्जन गरेबापत पारदर्शी ढंगले हिसाब किताब राखेर कर तिर्नु पर्ने बताउनुभयो । कार्यक्रममा आन्तरिक राज्यश्व कार्याल विराटनगरका कम्प्युटर अधिकृत हरिप्रसाद सेडाईले करका बारेमा जानकारी गराउनु भएको थियो । उर्लाबारी उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष एवम् कार्यक्रम संयोजक तारामान सेरेङले ब्यापारी तथा उद्योगी, सहकारीकर्मी, बोर्डिङ सञ्चालक, सञ्चारकर्मीलगायतलाई करका बारेमा जानकारी गराउने उद्देश्य अनुसार अन्तरक्रिया कार्यक्रम गरिएको बताउनुभयो ।

प्रकाशित मिति: १९ चैत्र २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्