महजोडीका मदनकृष्ण श्रेष्ठलाई पत्नीशोक


 


काठमाडौ, चैत २०
महजोडीका वरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठ पत्नीशोकमा परेका छन् । उनकी पत्नी यशोदा श्रेष्ठको सोमवार बेलुका ११ बजे निधन भएको हो ।

लामो समयदेखि क्यान्सर रोगले पीडित यशोदाको उपचारको क्रममा हरिसिद्धिस्थित क्यान्सर हस्पिटलमा निधन भएको थियो ।

उनको विहान नौबजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने कार्यक्रम छ । उनका एक छोरा, एक छोरी छन् ।

प्रकाशित मिति: २० चैत्र २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्