डाँस खोला कटान नियन्त्रणका लागि तटवन्धन


 


मोरङ, २० चैत । मोरङको पथरीशनिश्चरे नगरको प्रमुख समस्या मध्येको डाँस खोला कटान तटवन्धका लागि नगरपालिका कार्यालयको आर्थिक व्यवस्थापनमा वडा नम्वर १० मा काम थालिएको छ ।

मंगलबार एक कार्यक्रमबीच नगर प्रमुख दिलिपकुमार राई, वडा सदस्य मैनादेवी आचार्य फुयाँल, अनोज घिमिरे, इन्जिनियर कृष्णप्रसाद कोइरालाले तटवन्ध कार्यको शिलान्यास गर्नुभएको छ ।

नगरपालिका कार्यालयको ५५ लाख तथा उपभोक्ताको ८ लाख २५ हजार गरी ६३ लाख २५ हजार रुपैयाँको लागतमा १० नम्बर वडा क्षेत्रमा डाँस खोलामा तारजालीका २७ वटा स्पर निर्माण हुनेछन् । जसमध्ये ऐयावारीतर्फ १९ वटा र जिरिखिम्तीतर्फ ८ वटा स्पर रहने छन् । वडाको सिरान पशुपतिनगर क्षेत्रमा ४३ मिटर पक्की वाल समेत निर्माण गरिने निर्णय भएको उपभोक्ता समिति अध्यक्ष अर्जुन भट्टराईले जानकारी दिनुभयो ।

 

प्रकाशित मिति: २० चैत्र २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्