तेह्रथुम पूर्णसाक्षर जिल्ला घोषित


 


तेह्रथुम, २० चैत । प्रदेश नं १ को पहाडी जिल्ला तेह्रथुम ४६ औँ साक्षर जिल्ला घोषणा भएको छ । जिल्लाका ९५ दशमलव ९८ प्रतिशत नागरिक साक्षर भएको तथ्यांकबमोजिम मुख्यमन्त्री शेरधन राईले मंगलबार म्याङलुङमा एक समारोहका बीच तेह्रथुमलाई साक्षर जिल्ला घोषणा गरेको हो ।

दुई नगरपालिका र चार गाउँपालिका रहेको जिल्लाका १५ देखि ६० वर्ष उमेर समूहका ९५ दशमलव ९८ प्रतिशत नागरिक साक्षर भएका छन् । जिल्ला शिक्षा कार्यालयले करिब एक दशकयता निरन्तर सञ्चालन गरेको पूर्णसाक्षर बनाउने अभियानले अहिले सार्थकता पाएको छ । जिल्लालाई पूर्णसाक्षर बनाउने अभियान २०६७ सालदेखि निरन्तर जारी छ । अनौपचारिक शिक्षा कार्यक्रमअन्तर्गत अहिले पनि साक्षरोत्तर कक्षा सञ्चालन भइरहेका छन् । सो कार्यक्रमले ६० वर्ष मुनिका सबै नागरिकलाई साक्षर बनाउने लक्ष्य लिएको छ । रासस

प्रकाशित मिति: २० चैत्र २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्