पूर्वमा सरस्वती लामाको क्रेज, टिकट नपाएर दर्शक निराश !


 


मोरङ, २० चैत ।   हट एण्ड रक पप गायिका सरस्वती लामाको क्रेज पछिल्लो समयमा पूर्वका बिभिन्न सांगितिक कार्यक्रममा ह्वातै बढेको छ ।  गत चैत १७ गते मोरङको बुढीगंगा गाउँपालिकामा आयोजना गरिएको बुढीगंगा महोत्सवमा गायिका लामाको यति सम्म क्रेज पाईयो कि उनको प्रस्तुतीलाई हेर्न दर्शकको ओईरो लागेको थियो ।

अन्त्यमा हजारौँ दर्शकहरु टिकट नपाएर निराश हुँदै घर फर्किएका छन् । सरस्वतीको प्रस्तुती हेर्न नपाउँदा कतिपयले त सामाजिक सञ्जाल फेसबुकै आक्रोश पोखिएको देखिन्थ्यो । फेसबुकमा एक दर्शकले लेखेका छन् – अघिल्लो दिन ५० रुपैयाको टिकटमा जम्मा ४ सय दर्शक थिए, सरस्वती लामाको प्रस्तुतीको दिन ५ सय रुपैया टिकट हुँदा पनि पाउन सकिएन ।

लामाले पश्चिमका जिल्लाहरुमा धमका मच्चाईरहँदा पछिल्लो समयमा  पूर्वमा उनको क्रेज ह्वातै बढेको छ । उनले उर्लाबारी, मिक्लाजुङ, बेलवारी, विराटनगर, धरान लगायतका स्थानमा पनि दमदार प्रस्तुती दिँदै दर्शकको मन जित्न सफल भएकी छन् । “बुढीगंगाको पहिचान हाम्रा अभियान “नाराका साथ स्थानीय कृषि तथा औद्योगिक उत्पादनलाई प्रचार प्रसार गरी उपभोक्तालाई प्रयोगमा ल्याउन आकर्षण गर्ने उद्देश्यका साथ वुढीगंगा गाउँपालिकामा कृषि तथा औद्योगिक मेला गत १५ गते देखि जारी छ ।

प्रकाशित मिति: २० चैत्र २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्