एमाले नेता भेटवालको निधन


 


काठमाडौं, २१ चैत ।  नेकपा एमालेका नेता जागृतप्रसाद भेटवालको बुधबार निधन भएको छ । क्यान्सरबाट पीडित भेटवालको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

एमाले केन्द्रीय लेखापरीक्षण समितिका सदस्य भेटवालको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालय धुम्वाराहीमा राखिएको एमाले नेता अमृतकुमार बोहोराले जानकारी दिनुभएको छ । उहाँ २०४८ र २०५१ सालको चुनावमा चितवनबाट प्रतिनिधिसभा सदस्य हुनुहुन्थ्यो । भेटवाल पञ्चायतकालमा २०४३ सालमा भएको चुनावमा राष्ट्रिय पञ्चायतमा जनपक्षीय उम्मेदवारका रूपमा चितवनबाट विजयी हुनुभएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले जुझारु नेता भेटवालको निधनले पार्टीलाई अपुरणीय क्षति पुगेको भन्दै दुःख व्यक्त गर्नुभएको छ ।

प्रकाशित मिति: २१ चैत्र २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्