शिक्षामन्त्रीले चेतावनी दिदै भने– शिक्षा क्षेत्र मुनाफा कमाउने माध्यम होइन


 


काठमाडौं, चैत २१
शिक्षा, विज्ञान तथा प्रविधी मन्त्री गिरिराजमणि पोखरेलले मनलाग्दी शुल्क नलिन निजी विद्यालयका सञ्चालकहरुलाई निर्देशन दिएका छन् ।

शिक्षा क्षेत्र मुनाफा कमाउने क्षेत्र नभएको भन्दै मन्त्री पोखरेलले कसैले पनि मनपरी ढंगले शुल्क उठाउन नपाइने बताए ।

निजी तथा आवसीय विद्यालय अर्गनाइजेशन नेपाल केन्द्रीय सचिवालयद्वारा बुधबार काठमाडौंमा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले मन्त्रालयको निर्देशिका ऐन, नियममा रहेर शुल्क लिन निदेशन दिए ।

उनले यदी कसैले अटेर गरे कारवाही गर्ने चेतावनी दिए । नियम विपरीत शैक्षिक शुल्क उठाएको गुनासोहरु आएका बताउँदै पोखरेलले यस्ता कार्य तत्काल बन्द गर्न निर्देशन दिए ।

प्रकाशित मिति: २१ चैत्र २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्