अविरल वर्षाले घर भत्कियो, पाँच जना घाइते


 


भक्तपुर, चैत २२

दुई दिन परेको अविरल वर्षाका कारण बुधबार साँझ सूर्यविनायक नगरपालिका–१० चित्तापोल खुलाल गाउँमा घर भत्किँदा पाँचजना घाइते भएका छन् ।

स्थानीयवासी विदुर थापाको इँटा माटोले बनेको कच्ची घर भत्किँदा सोही घरमा बस्ने पाँचजना घाइते भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

घटनामा ५० वर्षीया पशुपति थापा, २१ वर्षीया सरदा थापा, १८ वर्षीय उमेश थापा, २१ वर्षीय रोशन थापा र २० वर्षीया सरिना थापा घाइते भएको परिसरका सूचना अधिकृत प्रहरी निरीक्षक मदन केसीले जानकारी दिनुभयो ।

घाइतेको काभ्रेको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । अहिले घाइतेको अवस्था सामान्य रहेको छ । घर भत्किँदा रु १३ लाख बराबरको धनमाल क्षति भएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक केसीले बताउनुभयो । रासस

प्रकाशित मिति: २२ चैत्र २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्