पार्टी एकताका लागि तयारी समिति गठनको तयारी, संयोजन समितिको बैठक बस्दै


 


काठमाडौ, चैत २२
एमाले–माओवादीबीचको पार्टी एकतालाई टुंग्याउन एकता तयारी समिति गठनको तयारी गरिएको छ । यो समिति गठनका लागि पार्टी एकता संयोजन समितिको बैठक आज बस्दै छ ।

बैठकले पार्टी एकताको औपचारीक घोषणा गर्न एकता तयारी समिति गठन गर्ने विषयमा छलफल गर्ने संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए ।

एकता तयारी समिति गठन गरेपछि पार्टी एकता घोषणाका बारेमा आवश्यक तयारी थालिने छ ।

अन्तरिम विधान समिति तथा राजनितिक प्रतिवेदन बनाउन गठित कार्यदलले बैशाख ९ गते एकता गर्न सुझाव दिदै संयोजन समितिलाई आफ्नो प्रतिवेदन बुझाइसकेका छ ।

प्रकाशित मिति: २२ चैत्र २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्