विकास र समृद्धि कायम गर्नु प्रदेश सरकारको जिम्मेवारी : मुख्यमन्त्री राई


 


विराटनगर, २२ चैत । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले संघीयताको अभ्याससँगै विकास र समृद्धि कायम गर्नु प्रदेश सरकारको जिम्मेवारी रहेको बताउनुभएको छ ।

जिल्ला समन्वय समिति महासंघद्वारा बिहिवार विराटनगरमा आयोजित प्रदेश कानूनमा जिल्ला समन्वय समिति सम्बन्धित छलफल कार्यक्रमा बोल्दै उहाँले प्रदेश सरकारले समन्वय समितिको काम, अधिकार र भूमिका सम्बन्धमा प्रदेश सरकारले कानून मस्यौदा सुझाव समिति गठन गरेको बताउनुभयो ।

मुख्यमन्त्री राईले जिल्ला तहमा रहेका कार्यालयले प्रदेश वा जिल्ला समन्वय समिति कस्को मातहत रहने सम्बन्धमा केन्द्र सरकारसँग छलफल गरेको र चाँडै परिपत्र आउने जानकारी दिनुभयो । सामाजिक विकासमन्त्री जीवन घिमिरेले जिल्ला समन्वय समितिको भूमिका सम्बन्धमा प्रदेश सरकारले आफ्नो निति ल्याउने बताउनुभयो । रासस

प्रकाशित मिति: २२ चैत्र २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्