जसले तीन वर्षसम्म फ्रिजमा राखे आमाको मृत शरीर, यस्तो छ पत्याउनै नसकिने कारण


 


कोलकत्ता, एजेन्सी
छिमेकी देश भारतको कोलकाताको बेहला इलाकामा एक युवकले आफ्नी आमाको मृत शरीरलाई तीन वर्षसम्म डीप फ्रिजमा राखेको भेटिएको छ ।

आमाको क्षतविक्षत मृत शरीरसहित उनका छोरा २४ वर्षीय शुभब्रत मजुमदारलाई विहीबार पक्राउ गरेको छ । अहिले उनीसंग प्रहरीले सोधपुछ गरिरहेको जनाएको छ ।

प्रहरीका अनुसार उनले पेन्सनका लागि आमाको शव तीन वर्षदेखि फ्रिजमा राखेको पाइएको छ । उनले पेन्सन बुझ्नका लागि मृत आमाको औंठा छाप प्रयोग गर्दै आएका थिए । स्थानीय प्रहरीले जनाएअनुसार युवकले २०१५ देखि  आमाको मृत शरीरलाई डीप फ्रिजमा राखेका थिए ।

ती युवकलाई छिमेकीले दिएको सूचनाको आधारमा पक्राउ गरिएको थियो । युवकले आफ्नी आमाको शव संरक्षणका लागि भित्री अंग निकालेर रसायनको प्रयोग गरिएको थियो । महिलाको श्रीमानसंग पनि सोधपुछ भइरहेको छ । उनी भारतीय खाद्य निगममा काम गर्छन् ।

प्रकाशित मिति: २३ चैत्र २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्