नयाँ दिल्ली पुगे प्रधानमन्त्री ओली, भारतीय गृहमन्त्री सिंहद्वारा स्वागत


 


काठमाडौं, चैत २३
तीन दिने राजकीय भ्रमणमा भारत पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा गृहमन्त्री राजनाथ सिंहले स्वागत गरेका छन् ।

गृहमन्त्री सिंह ओली विमानस्थलमा नओर्लिनु अगावै विमानस्थल पुगिसकेका थिए । प्रधानमन्त्री ओली शुक्रबार विहान ५४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारत प्रस्थान गरेका हुन् ।

प्रधानमन्त्री ओलीले शनिबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्नेलगायतका कार्यक्रम छन् ।

प्रकाशित मिति: २३ चैत्र २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्