सलमान खानको पहिलो रात कसरी बित्यो जेलमा ? खाना खान इन्कार


 


नयाँ दिल्ली, चैत २३
२० वर्षअघि भारतको जोधपुरमा कालो हरिण मारेको आरोपमा विहीबार पक्राउ परेका भारतीय अभिनेता सलमानको पहिलो रात कसरी बित्यो भन्ने कुरा सबैको चाँसोको विषय बनेको छ ।

जोधपुर जेलमा रहेका सलमानले पहिलो दिन खाना खान मानेन् । उनका लागि बाहिरबाट ल्याइएको चिकन खान जेल प्रशासनले भित्र ल्याउन दिएन् । उनका लागि जेलमा दालरोटी दिइएको भएपनि उनले खान मानेन् ।

उनी रातभरी राम्रोसंग सुतेनन् पनि । उनलाई सुत्नका लागि काठको खटिया, र दरी दिइएको थियो । अधिक गर्मी भपछि जेल प्रशासनले कूलरको व्यवस्था गरेको थियो । तर, उनी रातभर सुत्न सकेनन् ।

रात बिताउनका लागि उनलाई एक टी–शर्ट दिइएको थियो । उनलाई कैदीको ड्रेस भने आज दिइएको छ । सारै तनावमा रहेका सलमानले बीपी जाँच समेत गराएका थिए ।

प्रकाशित मिति: २३ चैत्र २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्