वर्षासंगै चलेको हावाहुरीले डीपीएल खेल मैदानको यस्तो हालत, के हुन्छन् आजका खेल ? (तस्बीरसहित)


 


धनगढी, चैत २४
शुक्रबार राति वर्षासंगै चलेको हावाहुरीले गर्दा धनगढीमा जारी धनगढी प्रिमियर लीग प्रतियोगिता चलिरहेको खेल मैदानको अवस्था नाजुक बनेको छ । हावाहुरीले बनाइएका अस्थायी संरचना भत्किएका छन् । संघीय प्रहरीको खेल मैदानमा जारी प्रतियोगिताका लागि दर्शक बस्न बनाईका अस्थायी प्याराफिटमा लगाइएका विभिन्न बोर्ड खसेका छन्

भने स्टलहरुमा पनि क्षति पुगेको छ । हावा र पानीले गर्दा अस्थायी संरचना कमजोर भएका छन् । मैदान पानीले भिजेको छ । हावाहुरीले असर पुगेपछि आजका प्रतियोगिताहरु केही ढिलो गरि सञ्चालन हुने आयोजक धनगढी क्रिकेट एकेडेमीले जनाएको छ ।

(डीपीएल–२) अन्तर्गत आज दुई खेल हु्ँदैछन् । पहिलो खेल महेन्द्रनगर युनाइटेड र सिवाइसी अत्तरिया तथा दिउँसो टीम चौराहा धनगढी र रुपेन्देही च्यालेन्जर्सबीच हुनेछ । तर, मैदानमा असर पुगेपछि नियमित समयभन्दा केही ढिलो गरि खेल हुने सम्भावना छ ।

खेल मैदानको पानी हटाउने र संरचना बनाउने काम भइरहेकाले ११ बजेपछि मात्रै खेल सुरु हुन सक्ने प्रतियोगिता आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले जानकारी दिए ।

हिजो भएको एक खेलमा लगातार चौथो जितसंगै काठमाडौं गोल्डन्स प्रतियोगिताको प्लेअफमा प्रवेश गरेको छ । काठमाडौंले विराटनगर किंग्सलाई ५ विकेटले पराजित गरेका थियो ।

प्रकाशित मिति: २४ चैत्र २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्