विप्लवको जुलुसमाथि प्रहरीद्वारा हस्तक्षेप, केन्द्रीय सदस्यसहित १९ जना नियन्त्रणमा (तस्बीरसहित)


 


धनगढी, चैत २४
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले जनआन्दोलन दिवसको अवसमा आज धनगढीमा निकालेको जुलुसमाथि प्रहरीले हस्तक्षप गर्दै १९ जनालाई नियन्त्रणमा लिएको छ ।

जनआन्दोलन दिवसको अवसरमा विप्लवले चौराहबाट निकालेको जुलुसमाथि प्रहरीले लाठी चार्ज गर्दै पार्र्टीका केन्द्रीय सदस्य डबलबहादुर सिंहसहित १९ जना नेता तथा कार्यकर्तालाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले लाठी चार्ज गर्दा जुलुसमा सहभागीहरुको भागभाग परेको थियो । आन्दोलनमा कैलाली, कञ्चनपुरलगायतका क्षेत्रबाट विप्लव समर्थित नेता तथा कार्यकताहरुको सहभागिता रहेको थियो । केही कार्यकर्ताहरु लाठी चार्जबाट घाइते भएका छन् ।

चौराहदेखि नेपाल राष्ट्रिय वाणिज्य बैङ्क अगाडिसम्म पुगेको आन्दोलनकारीहरुको जुलुस प्रशासनसम्म पुग्ने भन्दै फर्किएर चौराह पुगेपछि प्रहरीले लाठी चार्ज गरेको थियो ।

प्रशासनको अनुमति विना जुलुस निकालेको भन्दै प्रहरीले आन्दोलनकारीमाथि लाठी चार्ज गर्दै नियन्त्रणका लिएको कैलालीका प्रहरी प्रबक्ता प्रहरी नाउव उपरीक्षक बीरबहादुर बुढामगरले बताका छन् ।

प्रकाशित मिति: २४ चैत्र २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्