गोली लागेर घाइते भएका फोटो पत्रकारको निधन


 


गाजा शहर,  चैत २५

इजरायलबाट शरणार्थीका रूपमा गाजा क्षेत्र र वरपरका स्थानमा प्यालेष्टिनीहरूले आँफू जन्मेको स्थानमा फर्किन पाउनुपर्ने दावीका साथ भएका प्रदर्शनको फोटो लिने क्रममा घाइते बनेका पत्रकारको शनिबार निधन भएको प्यालेष्टिनी अधिकारीले बताएका छन् ।

गाजास्थित समाचार संस्था ऐनका प्यालेष्टिनी फोटोे पत्रकार यासेर मुर्तजालाई शुक्रबार भएको प्रदर्शनको फोटो लिने क्रममा गोली लागेको प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अस्पताल स्रोतका अनुसार गाजास्थित एक अस्पतालमा उपचारका क्रममा एक पत्रकार र एक अन्य व्यक्तिको निधन भएकोे छ । उक्त प्रदर्शनका क्रममा ठूलो सङ्ख्यामा प्यालेष्टिनी प्रदर्शनकारी घाइते भएका थिए ।

अघिल्लो हप्ता पनि दशौँ हजारको सङ्ख्यामा प्रदर्शनको भएको र उक्त क्रममा १७ जनाको इजरायली सेनाको गोली लागेर मृत्यु भएको थियो भने करिब एक हजार ४०० जना घाइते भएका थिए । रासस÷एएफ्पी

प्रकाशित मिति: २५ चैत्र २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्