भारतबाट फर्केपछि विमानस्थलमा के भने ओलीले ?


 


काठमाडौं, चैत २६
प्रधानमन्त्री केपी ओलीले देखिने गरि भारतसंग महत्वपूर्ण विषयमा छलफल भएको बताएका छन् । उनले रेलवे, जलमार्ग र कृषिको आधुनिकीकरणसम्बन्धी सम्झौताले भारत भ्रमण उपलब्धिमूलक भएको बताए ।

तीन दिने भ्रमण पूरा गरी हिजो साँझ स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै भारतसंग महत्वपूर्ण सम्झौता भएको बताए ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, राष्ट्रपति, उपराष्ट्रपति, बिभिन्न राजनीतिक दलका नेतालगायत त्यहाँ स्थित कुटनीतिक क्षेत्रसँगको भेटघाटमा एक्काईशौं सताब्दीमा भारतलगायत अन्य मुलुकसँग कसरी सम्बन्ध स्थापित गर्ने भन्ने विषयमा छलफल भएको बताए ।

प्रधानमन्त्री ओलीले आफ्नो भ्रमण कुनै बनावटी, देखावटी कुराहरुमा नहोइ यथार्थमा उपलब्धिमूलक भएको दाबी गरे ।

प्रकाशित मिति: २६ चैत्र २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्