‘पर्चामा सन् २०२५ सम्म पशुपतिनाथ पनि भत्काउने उल्लेख छ’


 


काठमाडौं, चैत २६
हिन्दु धर्मगुरु श्रीनिवासाचार्यमाथि गोली प्रहार हुनु अगावै हिन्दुबादीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेरै सरकारले हिन्दू धर्म मेट्ने काम भइरहेको भन्दै गम्भीर बन्न सुझाव दिएका थिए ।त्यो सुझाव दिएको एक हप्तापछि श्रीनिवासाचार्यमाथि गोली प्रहार भएको छ ।

प्रधानमन्त्रीसंगको भेटका क्रममा नेपालका जगद्गुरु बालसन्त मोहनशरण देवाचार्यले पर्चामा सन् २०२५ सम्ममा पशुपतिनाथ मन्दिरसमेत ध्वस्त पार्ने लगायतका विषय सार्वजनिक भएकाले सरकार अत्यन्तै गम्भीर हुनुपर्नेमा जोड दिए।

उनले सरकार अब पनि चुप रहे समाजमा भयावह अवस्था सृजना हुने बताए । यहि अवस्था रहे धार्मिक अन्तरद्वन्द्व बढ्नुका साथै धार्मिक युद्ध निम्तने खतरा रहेको बताए ।

हिन्दुले आफ्नै देशमा अस्तित्व खोज्दा इतिहास मेट्ने काम सुरु हुनु चानचुने विषय नभएको उनको भनाई छ।

बैंकेटेश्वर मन्दिरका महन्थ स्वामी पद्यधराचार्य, वैष्णव युवा परिषद्का अध्यक्ष स्वामी ऋषि प्रपन्नाचार्य, राम मन्दिरका पीठाधीश श्रीराम स्वरुपानन्द, हिन्दूत्व संरक्षण तथा धर्म परिवर्तनविरुद्ध महाअभियानमा जुटेका हिन्दु जागरण नेपालका अध्यक्ष रामकृष्ण उपाध्याय, पतञ्जली योगसमिति नेपालका अध्यक्ष डा. शालीग्राम सिंह लगायत २० हिन्दु संघसंस्था र तिनका प्रतिनिधिले यसअघि चैत १८ गते प्रधानमन्त्री ओलीलाई भेटेका थिए ।

प्रकाशित मिति: २६ चैत्र २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्