थाहा पाइराख्नुस्, यस्ता खानेकुराले यौन शक्ति बढाउँछ


 


हाम्रो खानपिनले पनि धेरै हदसम्म हाम्रो हर्मोनलाई नियन्त्रिण गर्दछ । केही खाने कुराले पनि प्रजनन क्षमताका साथै यौन इन्छासमेत प्रभावित पार्ने गर्दछ ।

स्ट्राबेरी

कयौ सोधमा सावित भइसकेको छ कि स्ट्राबेरी, चेरी र ब्लुबेरीजस्ता फलले कामेच्छा बढाउने गर्दछ । वैज्ञानिकहरुका अनुसार यसको असर भियाग्राले जस्तै तत्काल हुँदैन तर बढी मात्रामा खाँदा घण्टौसम्म असरदार सावित हुने गर्दछ ।

अनार

युनभिर्सिटी अफ क्यालिफोर्नियाको एउटा अध्ययन अनुसार अनारको लाभ भियाग्राभन्दा बढी हुने गर्दछ । दैनिक एक ग्लास अनारको जुस महिला र पुरुष दुवैका लागि औषधिको काम गर्ने गर्दछ ।

भूँई कटहर म्यान्निजको सबैभन्दा उत्तम स्रोत हो । म्यान्निजले प्रजननका लागि जिम्मेवार हर्मोन्स बढाउने गर्दछ । यसको कमीबाट गर्भाधारणको सम्भावनामा पुरै असर पार्ने गर्दछ ।

खुर्सानी

खुर्सानीका कारण शरीरमा त्यस्ता रसायनको स्राव हुने गर्दछ, जसले मुटुको धड्कन बढाउने गर्दछ । यसबाट एन्डार्फिनको स्राव बढ्छ, जसका कारण कामच्छा बढ्ने गर्दछ ।

चकलेट

चकलेट र सेक्सका विषयमा एउटा कयौ किम्बदन्ती पनि छ। चकलेटमा हुने कम्पाउन्ड मेथाइजैथिकले शरीरमा डोपामिनको स्राव बढाउने गर्दछ, यसबाट कामेच्छा प्रभावित हुने गर्दछ ।

स्याउ

एउटा स्याउ हरेक दिन खानेजस्ता सल्लाह त छ नै । यसबाट महिला र पुरुष दुवैमा सेक्ससम्बन्धी हर्मोन पनि सक्रिय हुने गर्दछ । स्याउ महिलाको यौन जीवनका लागि विशेष लाभदायी मानिएको छ।

शेलफिस

समुद्री खानामा शेलफिशमा जस्ता सबैभन्दा बढी हुने गदर्छ । जस्ताले यौन इच्छा बढाउने काम गर्दछ । साथै यसमा हुने अमिनो एसिडले महिला र पुरुषमा टेस्टोस्टेरोन र प्रोजेस्टेरोन बढाउनका मुख्य भूमिका खेल्ने गर्दछ । यो हर्मोन प्रजननका लािग महत्वपूर्ण मानिन्छ । एजेन्सी

प्रकाशित मिति: २६ चैत्र २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्