गुम्बा निर्माणका लागि प्रवासी नेपालीद्वारा सहयोग


 


नवलपरासी, चैत २७
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–१४ धर्मबस्तीमा गुम्बा निर्माणका लागि प्रवासी नेपालीद्वारा पहल थालिएको छ ।

कुवेतमा रहेका प्रवासी नेपालीद्वारा संकलित रकम रु दुई लाख ९९ हजार ७९१ गुम्बा निर्माण समितिलाई प्रदान गरिएको हो । कुवेतमा रहनुहुने अमृत गुरुङको विशेष पहल तथा सहयोगमा संकलित रकम गुम्बा निर्माणका लागि गठित (बौद्ध समाज नेपाल) समितिका अध्यक्ष अमृत श्रीसलाई प्रदान गरिएको थियो ।

सबैमा धार्मिक भावना जागृत गराई आत्मशान्तिका लागि गुम्बा निर्माणमा जुटेको अमृत गुरुङका बताउनुभयो । गुम्बा केवल बौद्ध धर्मावलम्बीको मात्रै नभएर सबै जाति, धर्म र समुदायको रहने भएको हुँदा यसमा सबैको सहयोग रहेकाले पनि आफूलाई थप हौसला मिलेको गुरुङले उल्लेख गर्नुभयो ।

दुई कट्ठा क्षेत्रफलमा रहने गुम्बाको निर्माणका लागि बुद्ध जयन्तीको अवसर पारी आउँदो वैशाख १७ गते मूर्ति स्थापित गरी शुभारम्भ गरिने समितिका सचिव सन्तु गाहाले जानकारी दिनुभयो । गुम्बाले यस क्षेत्रको समग्र परिचय र धार्मिक प्रवद्र्धनमा टेवा पुर्याउने समितिले विश्वास लिएको छ ।

स्वामीमाथि गोली प्रहार भएको भन्दै विरोध र्याली

यसैगरी बैद्धिक सनातन हिन्दू धर्मका अभियान्ता युवा सन्त आचार्य श्रीनिवास स्वामी माथि गोली प्रहार भएको भन्दै पूर्वी नवलपरासीको कुम्भ मेला मूल समारोह समिति लोकाहाले सोमबार बृहत् विरोध र्याली निकालेको छ ।

लोकाहामा जारी कुम्भ मेला परिसरबाट देवचुलीको प्रगतिनगरसम्म उक्त र्याली निकालिएको थियो । आचार्यलाई विराटनगरको जतुवामा गोली प्रहार भएको थियो ।

सम्पूर्ण हिन्दूधर्मको संरक्षणसँगै उक्त घटनाबारे सत्यतथ्य पत्ता लगाई दोषीलाई कारबाहीको माग गर्दै सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गर्न ¥यालीको आयोजना गरिएको श्रीधाम शरण देवाचर्यजी महाराजले जानकारी दिनुभयो । रासस

प्रकाशित मिति: २७ चैत्र २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्