राष्ट्रपति र प्रधानमन्त्री भेटवार्ता


 


काठमाडौँ, २७ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री केपी शर्मा ओलीले भेटवार्ता गर्नुभएको छ । भेटवार्तामा प्रधानमन्त्री ओलीले आफ्नो भारत भ्रमणका बारेमा राष्ट्रपति भण्डारीलाई जानकारी गराउनुभएको थियो ।

राष्ट्रपतिको कार्यालय शीतलनिवासमा मंगलबार भएको भेटवार्तामा प्रधानमन्त्री ओलीले यही चैत २३ देखि २५ गतेसम्म गर्नुभएको भारत भ्रमणका बारेमा राष्ट्रपति भण्डारीलाई जानकारी गराउनुभएको राष्ट्रपति कार्यालयले जनाएको छ । भेटमा प्रधानमन्त्रीले आफ्नो हालै सम्पन्न भएको मित्रराष्ट्र गणतन्त्र भारतको राजकीय भ्रमणका अवसरमा भएका उपलब्धिका साथै समसामयिक विषयमा जानकारी गराउनुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । रासस

प्रकाशित मिति: २७ चैत्र २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्