सर्वेन्द्रलाई आईजीपी नियुक्ति गरेपछि खरेलले गरे राजीनामाको घोषणा


 


काठमाडौं, चैत २८
सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा सर्वेन्द्र खनाललाई नियुक्ति गरेपछि डीआइजी रमेश खरेलले राजीनामाको घोषणा गरेका छन् । नागरिक दैनिकमा छापिएको अन्तरवार्ताअनुसार खरेलले आजै राजीनामाको घोषणा गर्दैछन् ।

आईजीपीको दावेदार रहेका खरेल सरकारले नेपाल प्रहरीमा बसाएको पद्धतिप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिन लागेका हुन् ।

उनले भागबन्डा नहुने भए मात्र प्रहरीभित्र पनि असल संस्कार बस्न सक्ने प्रतिक्रिया दिएका छन् । ‘भलिबल खेलाडीका रूपमा प्रहरी जवान भई यो संगठनमा छिरेको हुँ, प्रहरी जवानकै रूपमा प्रवेश गर्दा पनि म एक दिन शीर्षस्थ स्थानबाट नेपाल प्रहरीलाई हाँक्छु भन्ने सपना देखेको थिएँ । त्यही सपना पूरा गर्न मैले जानजान गल्ती कहिल्यै गरिनँ । तर, त्यो अवसर पाइनँ । हीन भावना बोकेर बसेँ भने पनि संगठनलाई शतप्रतिशत नतिजा दिन सक्दिनँ । त्यसैले बिदा हुने निर्णय गरेको छु ।’

उनले आफूले पद पाएन भनेर अदालत धाउनेलगायतका क्रियाकलाप आफूबाट नुहने र परिवार राष्ट्रका लागि काम गरेर बस्ने बताएका छन् ।

प्रकाशित मिति: २८ चैत्र २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्