फेरी घट्यो डिजेल र मट्टितेलको मूल्य, अव सवारी साधनको पनि भाडा घट्दै


 


nepal oilकाठमाडौं, भदौ २०

नेपाल आयल निगमले डिजेल र मट्टितेलमा फेरि मूल्य घटाएको छ।  निगमले वैज्ञानिक भाडादर कार्यान्वयन गर्न डिजेल र मट्टितेलमा एक–एक रुपैयाँ घटाएको निगमका प्रवक्ता दीपक बरालले बताए।

यो सँगै डिजेल र मट्टितेलको भाउ समान ८१ कायम गरिएको छ। यसअघि निगमले पाँच दिनअघिमात्रै पेट्रोलियम पदार्थको मूल्य घटाएको थियो । पेट्रोलियम पदार्थको मूल्य घटेसँगै सार्वजनिक सवारी साधनको भाडासमेत घट्ने भएको छ।

नेपाल आयल निगमले डिजेलको मूल्य घटाएपछि यातायात व्यवस्था विभागले पनि सार्वजनिक सवारी साधनको भाडा घटाउने भएको हो।विभागले सोमबार भाडा निर्धरण समितिको बैठक बोलाई डिजेलको घटेको मूल्यका आधारमा भाडा घटाउने भएको हो।

प्रकाशित मिति: २० भाद्र २०७२, आइतबार

प्रतिक्रिया दिनुहोस्