कहिले छुट्लान् अाङकाजी ?


 


काठमाडौै, भदाै २०

aankajiजिल्ला अदालत काठमाडौंले जनजाति महासंघका पूर्वमहासचिव आङकाजी शेर्पालाई थप पाँच दिन थुनामा राख्न अनुमति दिएको छ ।सामाजिक सञ्जाल फेसबुकमा लेखेको स्टाटसलाई लिएर प्रहरीले शेर्पालाई १६ गते प्रकाउ गरेको थियो ।

सुरुमा अनुसन्धानका लागि चार दिन थुनामा राख्न अनुमति लिएको प्रहरीले आइतबार फेरि अदालतमा उपस्थित गराएको थियो । जिल्ला अदालतले अनुसन्धानका लागि थप ५ दिन थुनामा राख्न अनुमति दिएको छ । प्रहरीले आङकाजीमाथि साइबर क्राइम अन्तरगत मुद्दा चलाउने बताएको छ ।

प्रकाशित मिति: २० भाद्र २०७२, आइतबार

प्रतिक्रिया दिनुहोस्