गजल


 


Eksan rai
एक्सन राई

थाहा पाए आज साथि तिम्रो मोल कति हो ?

सफेद झुटलाई लुकाइ राख्ने खोल कति हो ?

भुलभुलैयामा रमाउदै, जगतलाई हसाइराथ्यौ,

आदर्शका कुरा छाट्ने तर अरु पोल कति हो ?

सक्छौ आफु बन अरुलाई उपदेस नदेउ

सपको पालो एक दिन आउछ रोल कति हो ?

खेलिरहने खेलाई राख्ने बजार छ यँहा,

आफै खेलाडि आफै रेफ्री गोल कति हो ?

प्रकाशित मिति: २१ भाद्र २०७२, सोमबार

प्रतिक्रिया दिनुहोस्