सुनको मूल्य छ सय घट्यो


 


काठमाडौं, भदौ २४

अाज सुनको मूल्यमा प्रति तोला ६ सय रुपैयाँले गिरावट आएको छ । बिहीबार  सुनको मूल्य ४९ हजार ८ सय रुपैयाँ प्रतितोला कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

मङ्लबार र बुधबार सुन प्रतितोला ५० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै आज तेजावी सुन प्रतितोला ४९ हजार ५ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ। अन्तर्रा्ष्ट्रिय बजारमा सुनको मूल्यमा घटेको कारण  नेपालमा पनि मूल्यमा घटेको नभएको महासंघले जनाएको छ।

चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँले घटेको छ। अघिल्लो दिन तोलाको ६ सय ९० रुपैयाँ कायम भएको चाँदीको मूल्य  ६ सय ८५ रुपैयाँमा कारोवार भएको छ।

प्रकाशित मिति: २४ भाद्र २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्