‘आजभोलि’ के हल्ला सुन्दैछिन अनिषा ? (भिडियोसहित)


 


दोलखा, वैशाख १४

गायिका अनिषा बुढाथोकीको ‘आजभोलि’  शीर्षक गीति एल्बम यहाँ सार्वजनिक गरिएको छ ।

एल्बमको केशवराज चौलागाईंले कम्प्यूटरमा भिडियो क्लिक गरी विमोचन गर्दै आधुनिक युगमा युवा जगत्का लागि गीतले कोसेढुङ्गा सावित हुने बताउनुभयो । हरि केसीले निर्देशन गरेको उक्त गीतको भिडियोको ईश्वर  उप्रतीले छायाङ्कन तथा भीनपा–५ का राज श्रेष्ठले रचना गर्नुभएको हो ।

साहित्यकार जीत कार्की र गौरीशंकर बहुमुखी क्याम्पसका प्रमुख शान्त केसीले एल्बम दोलखा जिल्ला चिनाउने महत्वपूर्ण सामग्री भएको बताउनुभयो ।

यस्तो छ भिडियो :

प्रकाशित मिति: १४ बैशाख २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्