‘खुसी’ ले पायो मदन पुरस्कार, अंगूरबाबालाई जगदम्बाश्री


 


काठमाडौं, madan puraskar भदाै २५

२०७१ सालको मदन पुरस्कार ‘खुसी’ पुस्तकका लागि विजयकुमारलाई दिइने भएको छ। दुई लाख राशीको मदन पुरस्कार नेपालको प्रतिस्ठित साहित्यीक पुरस्कार मानिन्छ ।

मदन पुरस्कार गुठीको शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको हो। पत्रकार पेशामा लामो समय बिताएका विजकुमारको खुसी पहिलो पुस्तको हो।

पत्रकार विजय कुमारले आफ्नो जीवनका विभिन्न चरणका स्मृतिहरु यस पुस्तकमा समेटेका छन् । जीवन बुझाइ र भोगाइ समेटिएको खुसी फाइन प्रिन्टको प्रकाशन हो। यसैगरी गुठीले भाषा साहित्यमा लामो समयको योगदानका लागि अंगूरबाबा जोशीलाई जगदम्बाश्री पुरस्कार दिने पनि निर्णय गरेको छ ।

दुई लाख पुरस्कार राशीको पद्मश्री पुरस्कार पनि आजै घोषणा गरिएको थियो । पद्मश्री पुरस्कार ‘लाटो पहाड’का लागि उपेन्द्र सुब्बा र ‘मान्ठा डराएको जुग’का लागि मोहन मैनालीलाई संयुक्त रुपमा र पद्मश्री साधना सम्मान मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई प्रदान गर्ने घोषणा गरिएको थियो ।

प्रकाशित मिति: २५ भाद्र २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्