नेपालसँग जोर्डन २-१ ले पराजित


 


काठमाडौं, भदाै ३०nepal bijay

१६ वर्षमुनिको एएफसी छनोट खेलमा नेपालले बलियो मानिएको जोर्डनलाई २-१ ले हराएको छ। नेपालको जितमा दुबै गोल रेजिन सुब्बाले गरे।

२८ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका रेजिनले ६६ औं मिनेटमा अर्को गोल थप्दै टिमको जित सुनिश्चत गरेका थिए। नेपालले खेलको अन्तिम समयमा गोल खाएपनि त्यसले खेलको नतिजा उल्ट्याउन सकेन।

किर्गिस्तानमा भइसकेको खेलमा फिफा बरियतामा नेपालले आफुभन्दा धेरै माथि रहेको टिमलाई हराएको हो। यस प्रतियोगितामा नेपाल, जोर्डन, आयोजक किर्गिस्तान र ओमान सहभगी छ। नेपालले अर्को खेल पर्सी किर्गिस्तानसँग खेल्नेछ।

प्रकाशित मिति: ३० भाद्र २०७२, बुधबार

प्रतिक्रिया दिनुहोस्