अब मन नपरेमा फेसबुकमा ‘डिसलाइक’ गर्न मिल्ने


 


फेसबुकमा मन नपर्ने कसैको भनाईहरुलाई अब डिस लाइक गरेर विरोध जनाउन पाइने भएको छ। यसले सम्वन्धित व्यक्ति वा संस्थाहरुको गैह्रजिम्मेवारी पूर्ण कुराको विdislikeरोध गर्न सकिने छ।

फेसबुकले चाँडै नै डिसलाइक बटन ल्याउने तयारी गरेको छ। फेसबुकका मालिक मार्क जुकरबर्गका अनुसार यसको विशेषताका सम्वन्धमा क्यालिफोर्नियाको मिटिङ हलबाट चाँडै नै घोषणा हुनेछ।

उनले भनेका छन् कि ‘डिसलाइक बटन’ कुनै अभिव्यक्तिलाई होच्याउने अभिप्रायले नभई ‘लाइक’को विकल्पका रुपमा ल्याउन लागिएको हो। यो डिसलाइक बटनपछि फेसबुकमा कुनै कुराहरु पोष्ट गर्नेहरुलाई एक पटक पहिले सोच्नुपर्ने अवस्था सिर्जना हुनेछ।

यसले गर्दा पोष्ट गरिएका विकृतिहरु निवारण गर्न समेत सहजता पुग्ने विश्वास लिइएको छ।

प्रकाशित मिति: ३० भाद्र २०७२, बुधबार

प्रतिक्रिया दिनुहोस्