गोरे पक्राउ परेपछि सनम शाक्यकी आमाले गरिन् यस्तो माग 


 


मोरङ, जेठ १०

मोरङको उर्लाबारी – ७ का सनम शाक्य हत्या र साढे ३३ किलो सुन तस्करीका मुख्य अभियुक्त गोरे भनेर चिनिने चूडामणि उप्रेतीलाई जन्मकैद सजाय दिन शाक्यकी आमाले माग गर्नुभएको छ ।

उर्लाबारीमा पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले गोरेलाई जन्मकैद सजाय घोषणा गरिएमात्र आफ्नो छोरा सनमको आत्माले शान्ति पाउने बताउनुभयो । गोरेलाई जन्मकैद सजाय दिँदै मृतक सनमकी श्रीमती र छोरीको पालनपोषणका लागि राहात पनि उपलब्ध गराईदिनु सनमकी आमाले आग्रह गर्नुभएको छ । (हेर्नुहोस् भिडियो)

https://www.youtube.com/watch?v=q0F5X_bpKQE&feature=youtu.be

प्रतिक्रिया दिनुहोस्