प्रदेश १ का सबै घरधुरीमा सूचनामूलक स्टिकर टाँसिने



विराटनगर, जेठ १०
प्रदेश नं १ अन्तर्गतका आन्तरिक मामिला तथा कानून मन्त्रालयले १०० दिन पूरा गरेको अवसर पारेर प्रदेशका १४ वटै जिल्लाका नागरिकका सबै घरधुरीमा सूचनामूलक स्टिकर टाँस गर्ने भएको छ ।

जेठ १४ गतेदेखि बिहान ८ बजे एकै समयमा प्रदेशको सबै जिल्लामा स्टिकर टाँस गर्ने कार्य शुभारम्भ हुने मन्त्रालयका अधिकृत मुरारीप्रसाद घिमिरेले बताउनुभयो । जनतासँग प्रहरी कार्यक्रमलाई सार्थक बनाउने उद्देश्यले आमजनताको घरदैलोमा प्रहरीको टेलिफोन नम्बरसहित सूचनामूलक स्टिकर प्रदेशका ११ लाख १४ हजार घरधुरीमा टाँसिने कार्यक्रम रहेको बताइएको छ ।

यसबाट आमनागरिकलाई घटनाको सूचना आदानप्रदान गर्न र समाजमा सुरक्षाको स्थितिलाई बलियो बनाउन पनि मद्दत पुग्ने विश्वास लिइएको छ । रासस

 

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News