गोरेका बारेमा सनम शाक्यकी श्रीमतीको यस्तो भनाई आयो (भिडियो सहित)


 


मोरङ, जेठ ११
मोरङको उर्लाबारी – ७ का सनम शाक्य हत्या र साढे ३३ किलो सुन तस्करीका मुख्य अभियुक्त गोरे भनेर चिनिने चूडामणि उप्रेतीलाई हदैसम्मको सजाय दिन शाक्यकी श्रीमतीले माग गर्नुभएको छ ।

उर्लाबारीमा पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले गोरेलाई जन्मकैद सजाय घोषणा गरिएमात्र आफ्नो श्रीमान्को आत्माले शान्ति पाउने बताउनुभयो । गोरेलाई हदैसम्मको सजाय दिँदै आफु र छोरीको पालनपोषणका लागि राहात पनि उपलब्ध गराईदिन आग्रह गर्नुभएको छ । पक्राउ परेका गोरेको जिल्ला अदालत मोरङमा बयान भईरहेको छ । सनमको उर्लाबारी – १ स्थित कान्छी चोकको जंगलमा हत्या भएको थियो । (हेर्नुहोस् भिडियो) :

प्रकाशित मिति: ११ जेष्ठ २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्