आगलागी हुँदा २५ लाखको क्षति



मोरङ, जेठ १५

विराटनगर महानगरपालिका ३ सिभिलमार्गमा हिजो साँझ आगलागी हुँदा २५ लाख मूल्य बराबरको धनमाल जलेर नष्ट भएको छ । स्थानीय जयराम सापकोटाको बाँसको कलात्मक दुई तले कटेज जलेर नष्ट भएको हो ।

आगलागीबाट कटेज र कटेजभित्र रहेका सम्पूर्ण सामग्री जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कटेजभित्र ५ लाख बढीको महत्वपूर्ण पुस्तकहरु, फर्निचर, लत्ताकपडा लगायतको सामग्री जलेर नष्ट भएको पीडित सापकोटाले बताउनुभयो ।

साँझ परेपछि बत्ती बाल्दा विद्युत सर्ट भएर आगलागी भएको उहाँले सुनाउनुभयो । स्थानीयवासी, प्रहरी र दुई वटा बारुणयन्त्रको सहयोगमा आगलागी नियन्त्रणमा आएको थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News