नेपाली चेली मिरा बनिन ‘विश्व उपबिजेता’


 


mira secondभोजपुर, असोज ३
नेपाली चेली मिरा राई स्पेनको पिरेना बागामा सम्पन्न ‘सालोमन प्रिनेउ अल्ट्रा’ दौडमा विश्व उपविजेता बन्न सफल भएकी छिन् । राईले निर्धारित १ सय १० किलोमिटर दुरी १३ घण्टा ४३ मिनेट ४९ सेकेण्डमा पार गरि उपविजेता बन्दै नेपाली झण्डा फहराईन्।

स्बिजरल्याण्डकि ईमिलीले निर्धारित दुरी १३ घण्टा ३९ मिनेट ३३ सेकेण्डमा पार गर्दै बिश्व च्याम्पियन बनिन्। मीराले उनलाई शुरु देखि नै दबाबमा पार्दै आएकि थिईन्।

भोजपुर सानोदुम्मा ९ कि २५ बर्षिया राईले  अल्ट्रा दौडबाट विश्वमाझ नेपाली झण्डा फहराउँदै अाएकी छिन् । संसारकै पाँच उत्कृष्ट दौड मध्ये पर्ने १ सय १० किलोमिटर लामो ‘सालोमन अल्ट्रा दौड’ काडी मोक्सेरो नेशनल पार्कबाट शुरु भएर बार्सिलोना स्थित बागामा आएर टुंगिएको थियो ।

उनलाई हौसला प्रदान गर्न स्पेन स्थित नेपालीहरु शनिबार बिहान ५ बजे नै उच्च पहाडी क्षेत्र बागा पुगेका थिए। दौड नसकिने बेला सम्म प्रतिक्षा गर्दै बसेका नेपालीहरुले, मिरा उपबिजेता बन्दै घेरा नाघे पछि, “नेपाल नेपाल” भन्दै नारा लगाएका थिए।

मिरालाई हौसाला दिन स्पेनका नेपालीहरु कामै छोडेर भए पनि पुगेका थिए। दौडमा भाग लिनु अगावै राईलाई फ्रान्सका संचार माध्यमहरुले प्राथमिकताका साथ स्थान दिएका थिए ।

उप बिजेता बने पछि झन् सबै क्यामारामा फेस गर्न उनलाई भ्याईनभ्याई थियो। मिराले यसअघि फ्रान्समा भएको ८२ किलोमिटरको मोन्ट ब्लङ्क म्याराथनको उपाधि जित्दै नेपालको शान बिश्वभर फैलाएकी थिइन् ।

उपाधि जितेर चर्चा कमाए पछि पनि नेपाल सरकारबाट उनलाई कुनै पनि किसिमको सहयोग र प्रोत्साहन नमिलेको बताउँदै आएकी छिन् । बिदेशीहरुको सहयोग र सालोमन क्लबको स्पोंन्सरमा मिराले स्पेनमा भाग लिने अबसर पाएकी हुन्।

अल्ट्रा दौड शुरु गरेको २ बर्षमा नै चर्चा कमाएकी राईले अन्तराष्ट्रिय प्रतियोगितामा भाग लिन थालेको १ बर्ष मा नै यति ठुलो सफलता हात पारेकी हुन् ।  उनले हङकङ, अष्ट्रेलिया, फ्रान्स, नर्बे, स्बिजरल्याण्ड ईटाली लगायतका देशहरु अल्ट्रा दौडमा भाग लिई सकेकी छन्।

मिरा राई सम्बन्धि यी थप सामाग्री पनि पढ्नुहोस्

भोजपुरे छोरीले राखिन नेपालको शान (फोटो फिचर सहित)

विश्वमाझ चम्केकी भोजपुरे छोरीको यस्तो छ सफलताको कथा

विश्व च्याम्पियन बनेकी भोजपुरे छोरीको कथा

प्रकाशित मिति: २ आश्विन २०७२, शनिबार

प्रतिक्रिया दिनुहोस्