नेकपाको पहिलो स्थायी कमिटी बैठक बस्दै, के–के विषयमा हुँदैछ छलफल ?



काठमाडौं, असार २
मुलुकको पछिल्लो राजनीतिक अवस्था र संगठनका विषयमा छलफल गर्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीको पहिलो बैठक आज बस्दैछ ।

बैठक दिउसो तीन बजे प्रधानमन्त्री केपी ओलीको निवास बालुवाटारमा बस्नेछ ।

महासचिव बिष्णु पौडेलले यसबीचमा भएका संगठनात्मक कामको विवरण स्थायी कमिटीमा पेश गर्नेछन् । बैठकले पार्टी सन्चालन नियमावली पारित गर्ने सम्भावना छ ।

नियमावलीको मस्यौदा स्थायी कमिटी सदस्यहरुलाई दिइसकिएको छ भने उनीहरुलाई आवश्यक सुझाव सहित बैठकमा उपस्थित हुन भनिएको छ ।

बैठकमा प्रधानमन्त्रीको आसन्न चीन भ्रमणको बारेमा पनि छलफल हुने छ । स्थायी कमिटी बैठकअघि ९ सदस्यीय केन्द्रीय सचिवालयको बैठक पनि बालुवाटारमै बस्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News