कविता- ‘राम्रा जति हाम्रा भए…’


 


रमा भट्टराई
कैलाली
राम्रा जति हाम्रा भए हाम्रा जति राम्रा भए
कति सुन्दर हुन्थियो होला सन्सार
सबै थोक खोजे जति देखे जति मिल्ने भए
अभाव मै कोहि पनि नतड्पिने भए

मनको मैलो पखालेर जीवन फेरि पनि
सुख दुख जिन्दगीभर साथै भए सरि
चक्र सरि घुमी घुमी सुखै सुख हुन पाए
जिन्दगी त जिन्दगी हो कस्को छ र देखे जस्तो

खोजे जति देखेजती सबै मिल्ने भए
पल्ला घरे माइला तल्ला घरे साइला गाउमानै भए
पसिनाले सिचाउने यहिको माटोलाई
व्यवस्था नै राम्रो र भर पर्दो भए
कुरा गर्नेको भन्दा काम गर्नेको जमात बढी भए

कति सुन्दर हुन्थेहोला बाझा खेतहरु
मिहेनतको बीउ रोपि फसल काट्दा खेरी
गाउँ घरमै पसिनालाइ खोलो बनाइ सिचे
मरुभुमिलाई हराभरा गर्ने साहास स्वदेशले बुझे ।।

प्रकाशित मिति: ३ असार २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्