एसईईको नतिजा आज सार्वजनिक गरिदै



काठमाडौं, असार ९
माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गरिदैछ । राष्ट्रिय परीक्षा बोर्डले गत चैतमा लिएको परीक्षाको नतिजा आज ४ बजेसम्म सार्वजनिक गरिने भएको हो ।

सम्पूर्ण तयारी सकिएकाले ४ बजेसम्म नतिजा सार्वजनिक गर्न लागिएको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिए ।

उनकाअनुसार दिउँसो ३ बजे नतिजा प्रकाशनका लागि बोर्ड बैठक डाकिएको छ भने ४ बजे पत्रकार सम्मेलन नतिजा सार्वजनिक गरिने कार्यक्रम छ ।

गत वर्षको एसईई परीक्षामा ७७ वटै जिल्लाका एक हजार ९ सय ५६ केन्द्रमा ४ लाख ८५ हजार ५ सय ८६ परीक्षार्थी सहभागी भएका थिए। नियमिततर्फ ४ लाख ६१ हजार ५ सय १५ र एक्जाम्टेडतर्फ २४ हजार ७१ परीक्षार्थी थिए।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News